Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • युनाइटेड एकेडेमीले आयोजना गरेको रोबो सकर प्रतियोगिता र विज्ञान प्रदर्शनी सम्पन्न

    युनाइटेड एकेडेमीले आयोजना गरेको रोबो सकर प्रतियोगिता र विज्ञान प्रदर्शनी सम्पन्न

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । युनाइटेड एकेडेमी नेपालले रान नेपालसँगको सहकार्यमा सफल अन्तरविद्यालय रोबो सकर प्रतियोगिता र विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

    गत माघ २७ गते युनाइटेड एकेडेमी नेपालले रोबोटिक्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा १७ वटा रोबोटिक्स मोडलको विज्ञान प्रदर्शनीको साथमा ‘रोबोटिक्स र एआईको शिक्षामा प्रभाव’ विषयक प्यानल डिस्कसनमा अत्यधिक सफल अन्तरविद्यालय रोबो सकर प्रतियोगिता आयोजना गरेको हो ।



    कार्यक्रममा देशभरका धेरै विद्यालयहरूबाट विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहभागिता रहेको युनाइटेड एकेडेमी नेपालले जनाएको छ । प्रतियोगिता उत्सवमय र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको थियो, जसमा विद्यार्थीहरूले विभिन्न चुनौतीपूर्ण कार्य र कार्यक्रमहरूमा आफ्नो सीप र रचनात्मकता प्रदर्शन गरेका थिए ।



    कार्यक्रममा विज्ञान प्रदर्शनी पनि राखिएको थियो । जहाँ युनाइटेड एकेडेमीका विद्यार्थीहरूले बनाएका १७ वटा नवीन रोबोटिक मोडलहरू प्रदर्शनमा राखिएको थियो । एआई मोडलहरूमा अटोमेटिक ह्यान्ड सेनिटाइजर डिस्पेन्सर, रेन अलार्म सिस्टम, सेक्युरिटी अलर्ट सिस्टम, मौसम रिपोर्टिङ सिस्टम, माटोको ओसिलो अनुगमन प्रणाली, आईओटी प्रयोग गर्ने होम स्वचालन प्रणाली, अटोमेटिक स्ट्रिट लाइट, स्मार्ट डस्टबिन, फिंगरप्रिन्ट डोर समावेश छ ।

    यस्तै लक प्रणाली, अटोमेटिक सोलार ट्र्याकिङ सिस्टम, आरएफआईडी कार्डमा आधारित डोर लक सिस्टम, जम्बो आरसी कार, अवरोध रोक्ने रोबोट, लाइन फलोविङ रोबोट, कोठा सफा गर्ने रोबोट, हेक्सापड र फायर फाइटिंग रोबोट प्रदर्शनमा राखिएको थियो । विज्ञान प्रदर्शनी युनाइटेड एकेडेमीका विद्यार्थीहरूको रचनात्मकता र प्रतिभाको प्रमाण थियो र उपस्थित सबैले धेरै प्रशंसासमेत गरेका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार