Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • एसपीको कमाण्डमा माछापोखरी क्षेत्रमा २६५ सशस्त्र प्रहरी, सुरक्षा व्यवस्था कडा

    एसपीको कमाण्डमा माछापोखरी क्षेत्रमा २६५ सशस्त्र प्रहरी, सुरक्षा व्यवस्था कडा

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 804
    SHARES

    काठमाडौं । सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    एसपीको कमाण्डमा काठमाडौं उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ सशस्त्र प्रहरी परिचालन गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो ।



    अहिले अवस्था सामान्य बन्दै गएको छ। स्थिति सामान्य बनेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।



    सोमबार दिउँसो यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेका थिए ।

    यातायात मजुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन् । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात मजदुरहरूले यसअघि फागुन ३ गते आन्दोलन घोषणा गरेका थिए ।

    तर, आज नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देशीय प्रालिका अधिकारीहरूसँग विवाद भएपछि उनीहरू आजै आन्दोलनमा उत्रिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार