Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बालाजु-गोङ्गबु क्षेत्र बन्यो रणभूमि, हात उठाएर हिँड्दै सर्वसाधारण

    बालाजु-गोङ्गबु क्षेत्र बन्यो रणभूमि, हात उठाएर हिँड्दै सर्वसाधारण

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सर्वसाधारण हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन् ।

    बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको हो । हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका छन् ।



    अध्याँरो भइसक्दा पनि आन्दोलन नरोकिँदा सर्वसाधारण समस्यामा परेका छन् ।



    गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका छन् । उनीहरुले नाराबाजी र ढुंगामुढा पनि गरेका छन् र प्रहरीसँग झडप पनि भइरहेको छ ।

    आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी जलाइदिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि जलाइदिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार