Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक, जलाए अस्थायी प्रहरी बिट

    मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक, जलाए अस्थायी प्रहरी बिट

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 546
    SHARES

    काठमाडौं । यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको हो ।

    दिउँसो एक बजेदेखि नै यस क्षेत्रमा आन्दोलनरत मजदुरहरुले केहीबेर अघि प्रहरीका दुई वटा भ्यान जलाएका थिए । यस्तै लगत्तै माछापोखरीको अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका छन् ।



    प्रहरीविरूद्ध आक्रामक रुपमा प्रस्तुत भएका आन्दोलनकारीहरुले भर्खरै अस्थायी प्रहरी बिटमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्याण्ड लगायतका संरचनामा समेत आगो लगाएका छन् ।



    यतिबेला प्रहरी घटनास्थलमा पुगेको छ । केही सेल अश्रुग्याँस प्रहरीले आन्दोलकारीमाथि चलाएको छ । जवाफमा प्रर्दशनकारीहरुले प्रहरीमाथी ढुंगामुढा गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार