Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • दिपक कुँवरको कम्पनीले गुण्डागर्दी गरेपछि गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

    दिपक कुँवरको कम्पनीले गुण्डागर्दी गरेपछि गाडी नचलाउने यातायात व्यवसायीको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

    नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से बहुउद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवरलगायतकाले मजदुरमाथि हातपात गरेपछि उनीहरुले भोली यातायात बन्दको घोषणा गरेका हुन् ।



    कम्पनीका महाप्रबन्धक कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवर लगायत अपरिचित करिब ३० जनाको समूहले यातायात मजदुरमाथि हातपात गरेका थिए ।



    सोही कुराबारे आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफल भएको थियो । त्यस छलफलपछि कसरी अगाडि बढ्ने भन्नेबारे घोषणा गर्ने कार्यक्रमको आयोजना भएको थियो । दिपक कुँवर लोत्से बहुउद्देश्यीय प्रालीका सञ्चालक हुन् ।

    अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार