Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बीमा रकम दाबी गर्न आफ्नै गाडीमा आगो लगाएपछि…

    बीमा रकम दाबी गर्न आफ्नै गाडीमा आगो लगाएपछि…

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 741
    SHARES

    बर्दिया । बिग्रिएको गाडी मर्मत गर्न धेरै खर्च लाग्ने भएपछि बर्दियामा एकजना ड्राइभरले आफ्नै गाडीमा आगो लगाएका छन्।

    सोमबार बिहान २ बजेको समयमा बर्दियाको मधुबन नगरपालिका ४ बसन्ता स्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकखण्डमा गाडी जलाइएको हो।



    बर्दियाको मधुवन नगरपालिका-२ गंगापटुवाका रामु चौधरीले बीमाको रकम दाबी गर्न गाडीमा आगो लगाएको प्रहरीले बताएको छ ।



    आइतबार राति २ बजे मधुबन नगरपालिका-०४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

    गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।

    माघ २९ गते साँझ ८ बजे अर्को जिपले तानेर रामुले उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार