Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने बताएका छन्।

कांग्रेसका नेताहरूको धारणा माग भइरहेका बेला आज ट्वीट गर्दै महामन्त्री थापाले इसतो बताएका हुन् ।

थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताए । सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा आज देशभर बिदा दिएको थियो।

थापाले भने, ‘अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौं। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दवाव बढाऔं ।अन्यथा सांसदहरू आफैंले कानून निर्माणको अग्रसता लिऔं। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’

उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिएको र यसमा अराजकता देखिएको बताए ।

बिदामा कार्यकारी प्रमुखले गरेको स्वेच्छाचारिता रोक्ने काम व्यवस्थापिकाको हुनुपर्ने थापाले बताए ।पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको पनि थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077