Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • बसको ठक्करबाट वृद्ध मृत्यु प्रकरण

    सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप, चार राउण्ड अश्रुग्यास प्रहार

    सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप, चार राउण्ड अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 1K
    SHARES

    सुर्खेत । वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।

    आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन्। आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप तनावग्रस्त बन्दै गएको छ।



    आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।



    आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

    बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो । रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिएन । बा४ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार