काठमाडौं । बेल्जियमका जान डी ब्रान्ट नेपाली राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीको प्राविधिक सहयोगमा उनी राष्ट्रिय टिमको भलिबल प्रशिक्षक नियुक्त भएको हुन् ।
६ महिनाका लागि नेपाल आउने उनले महिला र पुरुष दुवै टोलीलाई प्रशिक्षण दिने छन् ।
जानले आगामी सेप्टाबरमा हुने एसियन गेम्ससम्म नेपालको प्रशिक्षकको रुपमा काम गर्नेछन् । तर एसियन गेम्सको बेला भने जान फर्कनेछन् र नयाँ प्रशिक्षक आउने छन्
Leave a Reply