Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सुरू (तस्बिरहरू)

    नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सुरू (तस्बिरहरू)

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 564
    SHARES

    काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवको प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ ।

    सोमबार दिउँसो याक एण्ड एति होटलमा परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको हो।



    बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र भारतको तर्फबाट विदेश सचिव विनयमोहन क्वात्राले नेतृत्व गरेका छन्।



    परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्‍वात्राको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेको हो।

    टोलीमा भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्क प्रमुख (नर्थ)सहसचिव अनुराग श्रीवास्तवसमेत रहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुनेछ।

    सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ । सचिवस्तरीय बैठकपछि आजै पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा दिवा भोज आयोजना गरेको छ ।

    भोजपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार