काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजीनामा दिएका छन्।
कम्पनी मर्जरको अन्तिम तयारी रहेको अवस्थामा तिमिलाले राजीनामा दिएका हुन्।
उनी दुई वर्षअघि कम्पनीमा सीईओ नियुक्त भएका थिए ।
कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले तिमिलाले सीईओ पदबाट राजीनामा दिएपश्चात् कम्पनीको कामु सीईओको जिम्मेवारी कविता जोशीलाई दिने निर्णय गरेको छ।
Leave a Reply