Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरू भइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन प्रक्रिया सुरू भइसक्यो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 498
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटास्थित मेडिकल कलेजको निरीक्षण गरेका छन् । बिहान १० बजेतिर धनगढी आइपुगेका प्रधानमन्त्री प्रचण्डले गेटामा निर्माण गरिएका संरचनाको निरीक्षण गरेका हुन् ।

    निर्माण गरिएका संरचनाको निरीक्षणपछि उनले गेटामा मेडिकल विश्व विद्यालय बन्ने देशकै लागि गौरवको विषय भएको बताए ।



    उनले सरकारले निर्णय गरेसँगै गेटामा अब मेडिकल कलेज र विश्वविद्यालय पनि सञ्चालन प्रक्रिया सुरू भएको बताए। मेडिकल कलेजमात्रै होइन, यसलाई विश्वविद्यालय बनाउने सुझाव सबैबाट आएको उनले बताए।



    सुझाव आएपछि विश्वविद्यालयका रूपमा लैजानु आफ्ना लागि पनि खुसी र गौरवको कुरा भएको दाहालले बताए। मेडिकल कलेजको निरीक्षणपछि आजै महेन्द्रनगर जाने कार्यक्रम छ। त्यहाँ सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुनेछन् ।

    त्यसपछि दिउँसो २:३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो २:४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने र आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार