Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नेपाल आइपुगे भारतीय विदेश सचिव क्वात्रा

    नेपाल आइपुगे भारतीय विदेश सचिव क्वात्रा

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 630
    SHARES

    काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार याक एन्ड यति होटलमा द्विपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक हुँदैछ ।



    होटल याक एन्ड यतिमा हुने भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।



    क्वात्रा र परराष्ट्र सचिव पौड्यालबीच दुई मुलुकका विभिन्न आयाममाथि छलफल हुने बताइएको छ । दुई मुलुकबीच प्रशासनिक तहको सबैभन्दा उच्च संयन्त्रको बैठकपछि विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री विमला पौड्याल राईसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

    यस्तै, क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार