Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु,आफन्तद्वारा आन्दोलन

    बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु,आफन्तद्वारा आन्दोलन

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 861
    SHARES

    वीरेन्द्रनगर । सुर्खेत बसपार्क अगाडी बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन सुरु गरेका छन्।

    छेडागाड नगरपालिका जाजरकोट स्थायी ठेगाना भएकी अन्दाजी ६६ वर्षीय नदी रावतको बसको ठक्करबाट मृत्यु भएपछि आफन्तहरु आन्दोलनमा उत्रिएका हुन्।



    उचित क्षतीपूर्ती र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडी, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।



    यसअघि आफन्तहरूले आइतबार राति ९ बजेसम्म यी चोकहरूमा टायर बालेर आन्दोलनमा उत्रिएका थिए। आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन ठप्प छन्।

    आइतबार दिउँसो साढे २ बजेको समयमा बा ४ ख ८०६१ नम्बरको बसले ठक्कर दिएको थियो। बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा महिलालाई ठक्कर दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार