Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न उच्च अदालतको आदेश

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता अरुण चौधरीको रिटमा उच्च अदालतले लिखित आदेश पेस गर्न आदेश दिएको छ । उच्च अदालतले सरकारी वकिल कार्यालय कैलालीलाई लिखित जवाफ दिन आदेश दिएको हो ।

आइतवार न्यायाधीश देशबहादुर सार्कीको इजलासले जिल्ला वकिल कार्यालय कैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको बताइएको छ। ‘के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ?

निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाणसहित फागुन ०३ गतेका दिन ११ः०० बजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायलमार्फत् लिखित जवाफ पेस गर्नू’ आदेशमा भनिएको छ। उनलाई यही माघ १९ गते बाँकेबाट पक्राउ गरिएको थियो ।

उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा उक्त ट्याक्टर जलाइएको थियो।

प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैद तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077