Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - अर्थतन्त्र सुधारको विषयलाई 'लाइफ एण्ड डेथ'को सवाल ठानेको छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र सुधारको विषयलाई आफूले जीवन र मरणकै सवाल ठानेको टिप्पणी गरेका छन् ।

आर्थिक पत्रकार समाज सेजनद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो टिप्पणी गरेका हुन् ।

अर्थतन्त्रको चुनौतीका बीचमा आफूलाई नेतृत्व गर्ने अवसर रहेको भन्दै उनले दुई महिनायता अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको बताए ।

‘अर्थतन्त्र सुधारको विषयलाई लाइफ एण्ड डेथको सवाल ठानेको छु । मेरो सफलता वा असफलता होइन, सरकारको मात्रै सफलता वा असफलता पनि होइन । सिंगै नेपाली समाज र नेपाल राष्ट्रको सफलता र असफलताको बिन्दु यसमै जोडिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077