Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन–२ मा हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको कार्यतालिका छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै १० गते उपनिर्वाचन हुने जानकारी दिँदै कार्यतालिका पनि र्साजनिक गरेको हो ।

सार्वजनिक कार्यतालिका अनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । त्यसैगरी उमेदवारको मनोनयन दर्ता चैत २० गते हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते गर्ने कार्यतालिका छ ।

मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उमेदवारको नामावली प्रकाशन गर्ने काम चैत २२ गते हुने आयोगले जनाएको छ ।

उम्मेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते हुने तय भएको छ ।

गत मंसिर ४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर उनको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो। त्यसपछि आयोगले उपनिर्वाचन मिति तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077