Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियुले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग

काठमाडौं। नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ।

आसन्न महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले नेतृत्व चयन हुन नसके निर्वाचन प्रणालीमा जाने तयारी रहेको जानकारी दिइन् ।

उनले नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने र निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटो छरितो बनाउन विद्युतीय मेसिन मार्फत निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताइन् ।

अनेरास्ववियुको महाधिवेशन करिब ७ वर्षपछि हुन लागेको हो । महाधिवेशनपछि संगठनको ध्यान स्ववियु निर्वाचनमा केन्द्रित हुने अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुको महाधिवेशन फागुन २ देखि ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

अध्यक्ष बरालका अनुसार एक हजार सात सयभन्दा बढी प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077