Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • उच्चस्तरीय संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्तिका नेता फेरि अनुपस्थित

    उच्चस्तरीय संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्तिका नेता फेरि अनुपस्थित

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 621
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी भएका छैनन् ।

    केहीबेर अघि बसेको उक्त संयन्त्रको बैठकमा यी दुई दलबाट कुनै पनि नेताहरू सहभागी नभएको बैठकमा सहभागी एक नेताले बताए ।



    गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् । गएको शुक्रबार बसेको संयन्त्रको बैठकमा पनि उनीहरू अनुपस्थित थिए ।

    जारी बैठकमा संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार