Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 714
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको आजको बैठक सुरु भएको छ ।

    राष्ट्रपति, उपराष्ट्रपति चुनावबारे सत्ता साझेदार दलबीच एउटै धारणा बनाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक सुरु भएको हो ।



    आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदैछ। सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन ।

    बैठकमा संयन्त्रका संयोजक समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार