काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल हुनेछ ।
यसअघि संयन्त्रको शुक्रबार बसेको बैठकमा पनि यी विषयमा छलफल भएको थियो ।
तर बैठक कुनै ठोस निश्कर्षमा भने पुग्न सकेको थिएन। एमालेलगायत ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको पक्षमा छन् ।
Leave a Reply