Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रियल म्याड्रिड पाँचौँ पटक क्लब विश्वकप च्याम्पियन

    रियल म्याड्रिड पाँचौँ पटक क्लब विश्वकप च्याम्पियन

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 813
    SHARES

    काठमाडौं । रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ ।

    साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।



    मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २-२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे ।



    अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरेका थिए । रियलले यस प्रतियोगिताको उपाधि जितेको यो पाँचौँ पटक हो । रियल म्याड्रिडले यसअघि २०१४ देखी २०१८ सम्म चारपटक उपाधि जित्न सफल भएको थियो । म्याड्रिडले सेमिफाइनलमा इजिप्टको अल अहलेलाई ४–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

    एसियाको विजेताको अल हिलालले भने ब्राजिलको फ्लेमेन्गोलाई ३–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । फ्लेमेन्गोले अल अहलेलाई ४–२ ले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो ।

    फिफाले २०२५ बाट यस प्रतियोगिताको स्वरुप परिवर्तन गर्ने योजना बनाएको छ । फिफाको योजना अनुसार प्रत्येक चार वर्षमा हुने यस प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार