Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • रेशमकी आमालाई मुख्यमन्त्री शाहले भने – म पनि तपाईँको छोरा हुँ, चिन्ता नलिनुस्

    रेशमकी आमालाई मुख्यमन्त्री शाहले भने – म पनि तपाईँको छोरा हुँ, चिन्ता नलिनुस्

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 687
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको परिवारलाई भेटेर रेशमलाई छुटाउनका लागि राजनीति समाधान खोज्ने बताएका छन् ।

    चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशिर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, “म पनि तपाईँको छोरा हो । चिन्ता नलिनुहोला । रेशम जीलाई छुटाउने म अथक प्रयास गर्ने छु ।” उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए ।



    मुख्यमन्त्री शाहलाई आशिर्वाद दिँदै सुनफीदेवीले भनिन्, “आफूले सानो छँदा खेलाएको स्मरण गर्दै आफ्नो छोरा रेशमलाई पनि जेलबाट छुटाएर यसरी नेता भएर आएको देख्न मन छ ।”



    मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका सहोदर भाइ प्रकाश चौधरीलाई आश्वासन दिए ।

    शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यलाई भेटघाट गरेका मुख्यमन्त्री शाहले रेशमलगायतलाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिए ।

    टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, “टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ । वर्षौदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ । अब त्यो तपाईँ हामी सबैले बुझ्नुपर्छ । सबै सजग हुनुपर्छ ।”

    मुख्यमन्त्री शाहले आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्तासमेत गरेका छन् । टीकापुरस्थित सिद्धार्थ होटलमा भएको घेटघाटमा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर विष्टले बताए ।

    शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा ९एमाले० नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो । शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । उच्चस्तरीय भेटघाटको लागि मुख्यमन्त्री शाह आजै काठमाडौँ गएका छन् ।

    मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एकजना सांसदको समर्थन पाउने विश्वास व्यक्त गर्दै आएका छन् ।

    सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक नौ, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार