Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

    शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या २४ हजार नाघ्यो

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ ।

    टर्कीमा सोमबारको भूकम्पपछि मृत्यु हुनेको संख्या २१ हजार ४३ पुगेको त्यहाँका राष्ट्रपति तैयप एर्दोगानले जानकारी दिएका हुन् ।



    सिरियामा करिब तीन हजार ५५३ जनाको मृत्यु भएको बताइएको छ । यी दुवै देशमा गरी मृत्यु हुनेको संख्या २४ हजार ५९६ पुगेको हो ।

    बीबीसीका अनुसार भूकम्पपछि ६ हजारभन्दा बढी भवनहरू भत्किएका छन् । सडकको खराब अवस्था, हिमपातलगायत कारण खोजी तथा उद्धारकार्यमा कठिनाइ भएको थियो ।

    उक्त भूकम्पबाट टर्कीमा एक करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । विभिन्न १० प्रान्तका सहर बढी प्रभावित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार