Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – माओवादीको भविष्य उज्जवल छ, फेरि उचाइका साथ अघि बढ्छौं

    प्रधानमन्त्री प्रचण्डले भने – माओवादीको भविष्य उज्जवल छ, फेरि उचाइका साथ अघि बढ्छौं

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 579
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्जवल भएको दाबी गरेका छन्।

    शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।



    उनले भने, ‘‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ ।



    एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ।’

    सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्रीको भनाइ छ। माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको पनि उनले बताए।

    संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य नभएको भन्दै यसको ऐतिहासिक महत्व रहेको उनले बताए। बैठकमा प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्वोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार