Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 504
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’

    सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनुचित लेनदेन नियन्त्रण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि हदैसम्म लागिपरेको दोहोर्‍याए ।

    यस्तै अख्तियारको सक्रियतामा मात्रै भ्रष्टाचार नियन्त्रणमा सम्भव हुने उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा गरेमा नागरिकको अपेक्षा पनि पुरा हुन सक्ने धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार