काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन समापन हुँदैछ ।
लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेशन आज समापन गरिन लागिएको हो ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेता समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् ।
तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्। नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ ।
Leave a Reply