एजेन्सी । टर्कीमा भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ ।
हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशु र उनकी आमाको उद्धार गरिएको हो ।
सामाजिक सञ्जालमा प्रसारित भिडिओमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको र उनकी आमालाई स्ट्रेचरमा राखेर लगिएको देखिएको छ । आमा छोराको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त भएको छैन ।
यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो । ती बालिकाको अवस्था अहिले स्थिर रहेको बीबीसीले जनाएको छ ।
Leave a Reply