धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री कमलबहादुर शाह र दुई मन्त्रीहरू प्रकाश देउवा र नरेश शाहीले पदभार ग्रहण गरेका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्री देउवा र आर्थिक मामिला तथा योजना मन्त्री शाहीले पदभार ग्रहण गरे। शुक्रबार अपरान्ह पद तथा गोपनीयताको शपथ लिएपछि उनीहरूले पदभार ग्रहण गरेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्।
Leave a Reply