Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • टर्की भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

    टर्की भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा हालसम्म २० हजारभन्दा बढीको मृत्यु भएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रले प्रकोपको पूर्ण सीमा अझै अस्पष्ट भएको चेतावनी दिएको छ ।



    दुवै देशमा राहत र उद्धारको काम द्रुत गतिमा भइरहेको भए पनि अहिले भूकम्प गएको सय घण्टाभन्दा बढी समय बितिसकेको छ र भग्नावशेषमा पुरिएका मानिस जिउँदो हुने आशा कम हुँदै गएको छ ।

    यसैबिच, कडा चिसोले भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि नयाँ चुनौती खडा गरेको छ ।

    यहाँ बस्ने ठाउँबाहेक खानेकुराको चरम अभाव भइरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै खुल्न नसकेको बताएका छन् ।

    विशेष गरी विगत केही वर्षदेखि गृहयुद्धको मार झेलिरहेको सिरियामा ।यसैबिच, विश्व स्वास्थ्य सङ्गठनले यदि बाँचेकाहरूलाई खाना, पानी, औषधि र आश्रय जस्ता सहायताहरू ‘तीव्र रूपमा पुर्‍याइएन’ भने, अर्को प्रकोप आउन सक्ने चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार