Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बाबुराम भट्टराई भन्छन् – राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ, भूराजनीति अरू तात्दैछ

    बाबुराम भट्टराई भन्छन् – राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ, भूराजनीति अरू तात्दैछ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 810
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने टिप्पणी गरेका छन् ।

    विश्वासको मत नपाएर सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार राति ट्वीट गर्दै उनले यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने बताएका हुन् ।



    उनले आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सू.प प्रदेश सरकार पतन इ.घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्न लागेको संकेत गरेको बताए ।



    उनले ट्वीटरमा लेखेका छन,’आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सू.प प्रदेश सरकार पतन इ.घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ । राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ। अर्थतन्त्रका गम्भीर संकट छदैछन् । भूराजनीति अरू तात्दैछ।अब पनि द्वन्द कि सहमतिको बाटो ?’

    सत्ता गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ताघटक दल नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो।

    मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरेको प्रदेश सभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे। सुदूरपश्चिममा बिहीबार नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार