काठमाडौं । नेपाल प्रहरीले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । कार्यालय सहयोगी पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान गरिएको हो ।
भान्छे, हजाम, सिलाई, बुनाई र कुचिकारमा आवेदन माग गरिएको हो ।
योग्यता पुगेका नेपाली नागरिकबाटफागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
आगामी चैत १० गते दरखास्त फारम दर्ता गर्ने प्रहरी कार्यालयमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन गरिनेछ ।