Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओलीबीच भेटवार्ता

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रचण्ड र ओलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 828
    SHARES

    काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ। ३ बजे बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो।

    अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भइरहेको छ।



    सुदूरपश्चिम सरकार टिकाउने र राष्ट्रपति चुनावका लागि सत्ता साझेदार दलबीच छलफल गरेर एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्ने तय भएको थियो। तर, अन्तिम समयमा बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बसेका हुन्।



    नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिइरहेको छ। सरकार बनाउन साथ दिएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सरकार जोखिममा परेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार