Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अहिल्यै संविधानको समीक्षा गर्नतिर लागे राजनीतिक अस्थिरता आउँछ : प्रधानमन्त्री प्रचण्ड

    अहिल्यै संविधानको समीक्षा गर्नतिर लागे राजनीतिक अस्थिरता आउँछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 720
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन्।

    नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।



    प्रधानमन्त्रीले भने, ‘जनताको धेरै ठूलो बलिदानी र पहलकदमीपछि हामीले संविधानसभाबाट संविधान बनायौँ। त्यसका लागि झण्डै ७० वर्ष लामो संघर्ष गर्नुपर्यो। हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो।



    संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन्। कतिपय विषयमा बिमति पनि होलान्। तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो।’

    संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरूरी रहेको भन्दै उनले संविधानको पूर्ण कार्यान्वयनपछि मात्र हाम्रो संविधानमा के कति समस्या र त्रुटिहरू छन् भन्ने निष्कर्षमा पुग्न सकिने बताए।

    उनले निजामती सेवा ऐनदेखि धेरै ऐनहरू बनाउन बाँकी रहेको बताए। उनले पहिला काम गरेर मात्रै समीक्षा गर्नुपर्ने बताए। कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले धारणा राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार