Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • उपप्रधानमन्त्री लिङ्देन र युरोपियन युनियनकी राजदूत डिप्रेजबीच भेटवार्ता

    उपप्रधानमन्त्री लिङ्देन र युरोपियन युनियनकी राजदूत डिप्रेजबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 906
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।

    उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज विहीवार भएको भेटममा उपप्रधानमन्त्री लिङ्देनले नविकरणी उर्जा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सहयोगको निरन्तरताका लागि आग्रह गरे ।



    भेटका क्रममा उर्जामन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र वजारीकरणलाई प्राथमीकतामा राखेर आफुले काम गर्न चाहिरहेको उल्लेख गर्दै, हरीत ग्यास उत्पादनको विषयमा समेत छलफल भईरहेको जानकारी दिए ।



    उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार