Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीले दियो स्थायी समितिलाई पूर्णता,संगठन विभाग प्रमुखमा जनार्दन

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

माओवादी केन्द्रको हालै सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो ।

माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् ।

यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् । माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको पनि जनाइएको छ ।

जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् ।

महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् । २०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन ।

लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले सम्हाल्दै आएका छन् । महाधिवेशनले निर्णय नगरेका कारण दुबै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आएका थिए ।

जसलाई स्थायी समितिले वैधानिकता दिएको हो । सोही अनुसार स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले संगठन विभाग प्रमुखको हैसियतमा संगठन सम्बन्धि प्रस्तावसहितको रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077