Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहको डीआईजी पदमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठ, दोस्रोमा अन्जनी कुमार पोखेल, तेस्रोमा दीपेन्द्र शाह, चौथोमा पुरुषोत्तम थापा रहेका छन् ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार वरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव, नारायणदत्त पौडेलले जानकारी दिए ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077