Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनलाई लियोपार्ड ट्याङ्क उपलब्ध गराउने जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सको घोषणा

एजेन्सी । जर्मनी, डेनमार्क र नेदरल्याण्ड्सले युक्रेनलाई लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने भएका छन् ।

तीनवटै मुलुकले आगामी महिनामा एक सय थान लियोपार्ड–१ युद्ध ट्याङ्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

युक्रेनमाथि आक्रमण भएको एक वर्ष पुग्ने दिन अर्थात् यही महिनाको २४ तारिखमा क्रेमलिनले भीषण आक्रमण गर्ने ठानेको किभले आफ्नो सैन्यस्थिति सुदृढ तुल्याउन ती ट्याङ्क समयमै प्राप्त हुने अपेक्षा गरेको छ ।

गत महिना जर्मनीले आफ्नै देशमा निर्मित लियोपर्ड–२ ट्याङ्क युक्रेनलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077