Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुधवार बेलायतको भ्रमणमा जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी बेलायत भ्रमणमा जाने भएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि जेलेन्सकी पहिलो पटक बेलायत जान लागेका हुन् ।

रुसविरुद्ध लडिरहेको युक्रेनको प्रमुख सहयोगी रहेको बेलायतले युक्रेनी सेनालाई नेटोका लडाकु बिमान चलाउने तालिम लगायतका सहयोगको घोषणा गर्न जेलेन्सकी बेलायत जान लागेका हुन् ।

यस अवसरमा जेलेन्सकीले बेलायतको संसदलाई समेत सम्बोधन गर्ने बताइएको छ ।

यसैबीच बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई गर्ने सहयोगको दायरा बढाउने घोषणा गर्दै युक्रेनी सेनालाई फाइटर जेट चलाउने तालिम दिने बताएका छन् ।

रुसले आक्रमण गरेपछि जेलेन्स्कीको यो दोस्रो विदेश भ्रमण हो । उनी केहि साता अघि अमेरिकाको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077