काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग युरोपियन युनियनकी आयुक्त युट्टा उर्पिलेननले भेटवार्ता गरेकी छन् ।
नेपाल भ्रमणमा रहेका उर्पिलेननलगायतका प्रतिनिधिमण्डलले बुधबार सिंहदरबारमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको हो ।
भेटमा प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपियन युनियनले तय गरेको रणनीतिका विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जनाइएको छ ।
नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि जुट्टा भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।
Leave a Reply