Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारले टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

    सरकारले टर्कीमा मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 540
    SHARES

    काठमाडौं । नेपाल सरकारले टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाका लागि मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए ।



    बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित थिए।

    बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार