काठमाडौं । ए डिभिजनको फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक उर्जनलाई नयाँ सिजनका लागि क्लबमा भित्र्याएको हो ।
नेपाली यू-१७ फुटबल टिमका मुख्य प्रशिक्षक रहिसकेका उर्जनले यस अघिको लिग थ्री स्टार क्लब सम्हालेका थिए ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
फ्रेन्ड्सले नवप्रवेशी एफसी खुमलटारसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ ।
Leave a Reply