Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौंमा

    युरोपेली सङ्घकी आयुक्त उर्पिलाइनेन काठमाडौंमा

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 828
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त युटा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडौं आइपुगेकी छिन् ।

    भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नेछिन् ।



    नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि उनी नेपाल भ्रमणमा आएकी काठमाडौंस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।



    आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता व्यक्त गर्नेछिन् ।

    यस्तै, आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको पनि रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार