Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद बैठक पनि दलको चुनावी सभा जस्तै लाग्न थाल्यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भइरहेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उनले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।

नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाए।

मुलुकको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको दाबी गर्दै उनले त्यसको अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077