Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टर्की भूकम्पमा मृत्यु हुनेको संख्या करिब ८ हजार,  ७ हजार ठूला भवन भत्किए

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या करिब ८ हजार,  ७ हजार ठूला भवन भत्किए

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 681
    SHARES

    काठमाडौं । टर्की र सिरियामा गएको तीन शक्तिशाली भूकम्पमा परी दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ।

    हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको छ । एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ ।



    अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ । स



    र्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन् ।

    भूकम्पका कारण ७ हजार ठूला भवन भत्किएका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

    सोमबार टर्कीमा १२ घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएका थिए। तिनीहरूको तीव्रता ७.८, ७.६ र ६.० म्याग्निच्युड थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार