Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपाल र उपेन्द्र यादवसँग प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।

तीन नेताबीच मंगलबार बेलुका दुई घण्टा बालुवाटारमा छलफल भएको हो ।

छलफलमा पछिल्लो विकसित राजनीतिक परिस्थिति बताउँदै प्रधानमन्त्री प्रचण्डले यादव र नेपाललाई संविधानको रक्षा र स्थिरताको लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

रास्वपाले आफ्ना मन्त्रीलाई फिर्ता सत्ता साझेदार दलभित्र समस्या आउन नदिन प्रचण्ड लागिपरेको बताइएको छ ।

रास्वपाको सत्ता बहिर्गमनपछी कुनैपनि बेला सरकारमा समस्या आउने र त्यसबेला अस्थिरता हुने खतरा देखेर प्रधानमन्त्रीले जसपा र एकीकृत समाजवादीलाई सरकारमा ल्याउन प्रयास थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077