काठमाडौं । सरकारले ४ जना सचिवको सरुवा गरेको छ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याइको हो।
यस्तै,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव (कानुन) उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव पदामा सरूवा गरेको हो।
यस्तै बैठकले बढुवा समितिको सिफारिसबमोजिम विभिन्न मन्त्रालय अन्तरगतका विभिन्न सेवा/समूह/ उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ।