Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काठमाडौंमा स्मार्ट सडक बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

    काठमाडौंमा स्मार्ट सडक बत्ती जडान गर्न महानगर र प्राधिकरणबीच सम्झौता

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 825
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं महानगरसँग महानगरभित्रका सडक खण्डमा सडक बत्ती जडान गर्न सहमति गरेको छ ।​

    मंगलबार महानगरपालिका, प्राधिकरण र सडक विभागबीच भएको सहमतिका आधारमा सम्पन्न सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवाले हस्ताक्षर गरेका हुन् ।



    करिब ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ ।



    काठमाडौँ महानगरपालिकाले ६० प्रतिशत र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

    विद्युत प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटीहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार