Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिको निर्वाचन नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा आफूहरुको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

प्रेस युनियन बागमती प्रदेशको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले अन्य दलसँग सहकार्य गरेर राष्ट्रपतिको उम्मेदवारलाई जिताउने बताए। कांग्रेसले अगाडि सारेको उम्मेदवारले जित्नेमा कुनै दुई मत नभएको उनको दाबी छ ।

कोइरालाले भने, ‘तपाईंहरूलाई लागेको होला २५ फागुनमा के हुन्छ ? राष्ट्रपतिको निर्वाचन नेपाली कांग्रेसले उम्मेदवारी दिन्छ । उम्मेदवारी जिताउने लिन्छौँ । जित्ने कुरामा दुई मत छैन ।

अन्य दलसँग सहकार्य गर्नुपर्ने आवश्यकता देखेको छु, अहिले राष्ट्रपति निर्वाचन सन्दर्भमा जुन कुरा आइराखेको छ । त्यो विषयलाई लिएर सत्तामा रहेका केही दलले कांग्रेसले भाँजो हाल्न खोजेको भनेका छन् । हामी संसदको ठूलो पार्टी हो नि ।’

कोइरालाले राष्ट्रपतिमा उम्मेदवारी दिए पनि सरकारमा सहभागी नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077