Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा चालिसे नियुक्त

मकवानपुर । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् ।

मंगलबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

उनी जनसंख्या र बुढ्यौलीविद् हुन् । हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् ।

नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकबाट रिसर्च पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077